१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार

विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १५:५२:oo

वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा परेका छन्। गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुट प्रहार गरेको  थियो।

प्रहरीसँग झगडा गरेको विषयमा लिएर यसरी प्रहरीले बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । प्रहरीको कार्यशैलीको तीव्र आलोचना भएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

विमानस्थल प्रहरीका प्रवक्ता एसपी लालध्वज सुवेदीका अनुसार ट्रलीको विषयलाई लिएर विवाद भएको थियो। ओझाले आगमनतर्फको पार्किङसम्म ट्रली लिएर गएका थिए। एक कर्मचारीले त्यहाँसम्म लैजान पाइँदैन भनेपछि युवकले आफूलाई त्यस विषयमा जानकारी नभएको बताए। विवाद भएपछि प्रहरी त्यहाँ पुगेकोमा प्रहरीसँग पनि उनको विवाद भयो। त्यही क्रममा उनले भिडियो खिच्न थालेपछि विवाद चर्किएको थियो। त्यसपछि तीन प्रहरीले उनलाई नियन्त्रणमा लिएर वेटिङ रुममा लगेका थिए। जहाँ उनीमाथि मुक्का र लात्ती प्रहार भएको भिडियोमा देखिन्छ। केही समयपछि उनलाई प्रहरीले छाडिदिएका थिए।

प्रारम्भिक छानबिनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको देखिएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान र छानविन समेत सुरु भएको एएसएपी शेखर खनालले जानकारी दिए।