
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यवाहक सभापति डिपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने बताइएको छ । कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए ।
जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।