१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format ११:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यौन दुर्व्यवहारमा परेकी पीडित मृत फेला प्रकरण : गृहमन्त्रीले दिए छानबिनको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o६:oo

आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएको घटना प्रकरणमा गृहमन्त्रीले चासो देखाउँदै यथार्थ छानबिनको निर्देशन दिएका छन् । 

नयाँ पत्रिकाको बुधबारको अंकमा ‘मृत भेटिइन् यौन दुर्व्यवहारमा परेकी पीडित’ शीर्षकमा समाचार प्रकाशन भएपछि गृहमन्त्री रमेश लेखकको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापालाई बुधबार बिहान फोनमार्फत तत्काल घटनाको यथार्थ छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार मन्त्री लेखकले प्रहरी महानिरीक्षकलाई फोनमार्फत निर्देशन दिइसकेकाले पीडित परिवारले गत ९ पुसमा दिएको जाहेरीपछि र त्यसअघिको पनि छानबिन गरी दोषी पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याइनेछ । गत ९ पुसमा बलात्कार प्रयासको घटनाबाट ज्यान जोगाएकी सिराहाको नरहा गाउँपालिका, बर्छवा गाउँकी करिब २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका– ३, दोनबारी टोलस्थित माइतीघरमा मंगलबार मध्याह्न झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । 

छिमेकी बरियारपट्टि गाउँपालिका– १ कचनारीको नरगीस्थित दिदीको घर गइरहेका वेला आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करिब ११ बजे माइती गाउँनजिकै रहेको नवराजपुर गाउँपालिका– ३ जगतपुरमा स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर बलात्कार प्रयास गरेका थिए। उनीहरूले हात समातेर मुख थुन्दै हरिनारायण यादवको पोखरीको दक्षिणतर्फ बगैँचामा लगेर बलत्कार गर्न लुगासमेत च्यात्न थालेपछि चिच्याउँदै भागेर घरमा पुगेर आफूमाथि भएको ज्यादतीको विषयमा आमालाई सुनाएकी थिइन् । 

त्यही दिन पीडितकी आमा बिलटौनदेवीले इलाका प्रहरी कार्यालय महशेपुरपतारमा दुई जना युवकको नामै किटान गरी जाहेरी दिएकी थिइन् । तर, न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्न दबाब भएपछि तनावमा रहेकी उनी स्थानीय प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन ढिलाइ गर्दा छोरीले ज्यान फालेको आमा बिलटौनदेवी सदायले बताइन् ।

गृहमन्त्रीले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएपछि बुधबार बिहान जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मासहित स्थानीय प्रहरी नवराजपुर– ३ जगतपुर दोनवारी गाउँ पुगेर पीडित परिवारलाई महेशपुर पतारी प्रहरीमा जान आग्रह गरेको पीडित परिवारले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा राखिएको छ ।