
युथ कांग्रेस नेपालको महामन्त्रीमा प्रभात ठाकुर निर्विरोध चयन भएका छन् । सर्लाहीका युवा नेता ठाकुर केन्द्रीय अधिवेशनबाट महामन्त्रीमा चयन भएका हुन्। युवाको आवाज बुलन्द बनाउन र समाज परिवर्तनमा योगदान पुर्याउन प्रतिबद्ध रहेको ठाकुरको भनाइ छ।
अधिवेशनबाट कोषाध्यक्षमा विराज अर्याल र सहमहामन्त्रीमा अस्मिता बयलकोटी चयन भएका छन्। नयाँ नेतृत्व टोलीले संगठनलाई अझ क्रियाशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।