१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format २o:५९:oo
Read Time : < 1 मिनेट
विश्व

खनिज सहकार्यका लागि युक्रेन–अमेरिका संवाद प्रारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५९:oo

युक्रेनले अमेरिकासमक्ष खनिजसम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार यो जानकारी युक्रेनका पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिएको हो।

‘हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्षसमक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौँ,’ स्विरिडेन्कोले भने। उनले  केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै, आगामी दिनमा वासिङ्टनसँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गरे। ‘यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ,’ उनले बने।

यसबाहेक इन्टरफ्याक्स युक्रेन समाचार एजेन्सीका अनुसार गत साता युक्रेनबाट एक प्राविधिक टोली अमेरिका गएको थियो। उक्त टोलीले सम्भावित खनिज सम्झौतासम्बन्धी विषयहरूमा अमेरिकी पक्षसँग विस्तृत रूपमा विचार विमर्श गर्ने अवसर पाएको थियो, जसले दुवै देशबिचको सहकार्यलाई अझ मजबुत बनाउने आशा गरिएको छ।