१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नवीन गुरुङ नवीन गुरुङ
Invalid date format १७:o१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मकालु हिमालको कान्छी आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित

Read Time : > 2 मिनेट
नवीन गुरुङ, नवीन गुरुङ
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

विश्वको पाँचौ अग्लो मकालु हिमाल(८,४८५ मि.)को कान्छी आरोही किपा लामु शेर्पा गृह जिल्ला संखुवासभामा सम्मानित भएकी छन् ।

 मंगलबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रमको आयोजना मकालु गाउँपालिका २ नं. वडा कार्यालयले हिमाल आरोही शेर्पालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी जिसस प्रमुख सुमन शाक्य, प्रजिअ दिब्यराज पोख्रेल र २ नंं.वडाध्यक्ष छोपाल शेर्पाले खादा माला सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् ।    

जिल्लाको मकालु गाउँपालिका वडा नं.२ स्थित नुर्बु गाउँमा जन्मिएकी शेर्पाले २८ बर्षको कलिलो उमेरमा विश्वको पाँचौ अग्लो मकालु हिमाल सफल आरोहण गरेकी हुन् । वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी शेर्पाले गत २०८१ चैत्र २८ गते विहान १० बजेर १० मिनेटमा मकालु हिमालको चुचुरोमा पुगेकी हुन् । 

आफ्नो वडाका गाउँले बहिनीले मकालु हिमालको सफल आरोहण गरेकाले वडाको तर्फबाट सम्मान कार्यक्रमको आयोजना गरिएको मकालु गाउँपालिका २ नम्बरका वडाध्यक्ष छोपाल शेर्पाले बताए । उनले सानैमा बुवा वितेको एक्लो आमाले दुःखमा हुर्काएकी किमा लामुले मकालु हिमाल सजिलै  आरोहण गरेकी बताइन् ।

‘सानै देखी दुःखसँग लड्दै चौरी गोठमा हुर्केकी बहिनीले आज मकालु हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो उमेरको महिला बनेकोमा गर्व महसुस भएको छ । अझै अन्य हिमालहरु सफल आरोहण गरेको खबर सुन्न पाम, बधाई र उज्जवल भविष्यको शुभकामना दिन चाहान्छु ।’

वडाध्यक्ष शेर्पाले भने‘सदरमुकाममा कार्यक्रम गर्दा सबैको केन्द्रविन्दुमा पर्ने हिसाबले यहाँ गरिएको हो । यति बेला हिमाल आरोहण गर्ने सिजन होइन, यो बेमौसममा बाटो बनाउन जाने क्रममा बहिनीले हिमाल आरोहण गरेको सुनेर मख्ख परेको छु ।’ किपा लामुको पाँच जना दाजुभाइ छन् । उनीहरु सबै जना टेकिङ ब्याबसायमा नै आवद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले हिमाल आरोहण एउटी महिलाको लागि चानचुने बिषय नभएको बताए । उनले यस्ता साहसी महिलालाई राज्यले समेत हौसला, सम्मान गर्नुपर्ने बताउर्दै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयबाट प्रदेश र संघका सिफारिस गर्नका तयार रहेको बताए । 

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल र खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर श्रेष्ठ बज्राचार्यले आधा आकाश ढाक्ने महिलाहरु चुल्होचौकामा मात्रै सिमित नभएर शारिरिक रुपमा समेत अब्बल छन भन्ने यो प्रमाण भएको भनाइ राखेका थिए ।
    त्यसैगरि राजनैतिक दलका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राईले कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन बर्ष–२०८२’ गत चैत्र २७ गते तिनजुरेको आरआर गार्डेनबाट शुरुवात भएको घोषणा गरिरहेको सन्दर्भमा संखुवासभाको महिला किपा लामुले मकालु हिमाल आरोहण गरेको खबरले हौसला थपेको बताए । उनले सफल आरोहीहरुलाई राज्यले हौसला दिनुपर्ने बताए ।

त्यसैगरि नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिपेन्द्रमान शाक्य र रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठले महिलाहरु पुरुष भन्दा कम नरहेको उल्लेख गरेका थिए । कार्यक्रमका पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्य र प्रेस चौतारीका अध्यक्ष जनक चापागाईले किपा लामुले साहसीपूर्ण काम गरेको बताएका थिए ।  

कार्यक्रममका सम्मानित ब्यक्तित्व किपा लामुले हिमाल आरोहण गर्न त्यति सजिलो नभएको बताईन् । उनले हेर्दा जति सजिलो होला जस्तो लागेपनि ज्यानैको जोखिम मोलेर हिमाल चढन कठिन रहेको बताउदैं चुचुरोमा पुगेपछि सबै दुःखहरु बिर्सने गरेको बताइन् । 
    संखुवासभाको मकालु गाउँपालिका मकालु हिमालकै नामबाट नामाकरण भएको हो । मकालु गाउँपालिकाका अधिकाँस मानिसहरु टे«किङ्ग पेशामा आवद्ध छन् । मकालुको सेदुवा, नुर्बुगाउँ, टासीगाउँ, वलुङ लगायतका क्षेत्रका अधिकाँस युवाहरुको जिविकापार्जनको स्रोत नै ट्रेकिङ्ग ब्याबसाय हो । मकालु गाउँपालिकालाई आरोहीहरुको पालिका समेत भनेर चिनिन्छ ।