Skip This
बाग्लुङको तमानखोलामा जिप दुर्घटना, १३ जना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
Invalid date format २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार

बाग्लुङको तमानखोलामा जिप दुर्घटना, १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o४:oo

तमानखोलामा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। तमानखोला गाउँपालिका–२, कटेरीमा ग१ज ५७०५ नम्बरको जिप दुर्घटना भएको हो। 

दुर्घटनामा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी विजय यादवले जानकारी दिए। 

तमानखोलाको प्रशासनिक केन्द्र बोङ्गादोभान बजारदेखि कटेरीतर्फ जाँदै गरेको जिप ब्रेक फेल हुँदा सोमबार दिउँसो साढे १२ बजे कटेरीमा दुर्घटनामा परेको हाे। जिप दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी बोङ्गादोभानका प्रहरी सहायक निरीक्षक सन्तराम श्रेष्ठ नेतृत्वको प्रहरी टोली र स्थानीयले घाइतेको उद्वार गरी उपचारको लागि बुर्तिवाङ अस्पताल पठाएको थिए।

दुर्घटनामा परी घाइते हुनेहरूमा जुम्ला कन्का सुन्दरी गाउँपालिका–२ बस्ने २६ वर्षीय प्रेम रावल, रकुम पश्चिम बाँधिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, बाग्लुङको तमानखोला गाउँपालिका–१ बस्ने २९ वर्षीय सचिन विक, सोही ठाउँकी ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी सेरचन, २५ वर्षीया वसन्ती बुढामगर, १२ वर्षीय मनी मगर, चालक २७ वर्षीय सुशील रसाइली, तमानखोला–२ की २० वर्षीया झरना गिरी, सोही ठाउँका ७ वर्षीया इच्छा रोका, तमानखोला–२ का ११ वर्षीय मनोज घर्ती रहेका छन्।

घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि अस्पताल बाग्लुङ पठाइएको डिएसपी यादवले बताए। घाइतेहरूको हात खुट्टा, ढाड, टाउकोमा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मध्यम र सामान्य घाइतेहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र केही डिस्चार्जसमेत भइसकेको अस्पतालले जनाएको छ। 

घाइते मानसरी शेरचन तमानखोला गाउँपालिकाका पूर्वउपाध्यक्ष हुन् भने मुना र नवीन गाउँपालिकामा कार्यरत कर्मचारी हुन्।