Skip This
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बकैयाका ५९ भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १३:४१:oo

भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका– ७ स्थित भिरकोटका भूमिहीन सुकुमवासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको छ । आइतबार एक कार्यक्रमबिच आयोग मकवानपुरले बकैया– ७ भिरकोटका ५९ भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गा धनीपुर्जा वितरण गर्ने तयारी गरेको हो । 

बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुमवासी र १९ अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए ।

आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको गरिएको उनले बताए । उनका अनुसार  आवास र कृषि प्रयोजनका लागि भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको उनको भनाइ छ । 

अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले बकैया- ७ का भूमिहीन सुकुमवासीलाई न्यूनतम एक कठ्ठादेखि अधिकतम पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराएको उनले बताए ।