Skip This
रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार १३:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १३:१७:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेसी परेको छ ।

हाल भैरहवा कारागारमा रहेका लामिछानेले गत शुक्रबार मात्रै आफूलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेसी परेको छ ।

जिल्ला अदालत रुपन्देहीले १३ माघमा उनलाई धरौटी माग गर्ने आदेश गरे पनि उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले २२ चैतमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए । लगत्तै पक्राउ परेका रवि ७३ नं. निवेदन लिएर साधारण तारेखमा रिहा हुनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन् ।