
आइपिएल २०२५ मा सनराइजर्स हैदरावादले २४६ रनको लक्ष्य सहजै पूरा गरेको छ। अभिषेक शर्मा र ट्राभिस हेडको उत्कृष्ट ब्याटीङको मद्दतमा सनराइजर्सले पञ्जाबलाई ८ विकेटले हराएको हो।
सुरुमा ब्याटीङ गरेको पञ्जावले ६ विकेट गुमाएर २४५ रन बनाएको थियो।
जवाफी ब्याटीङमा हैदरावादका ओपनरद्वय अभिषेक र ट्राभिसले १७१ रनको साझेदारी गरे। उनीहरुले १२.२ ओभरमै १७१ रनको ओपनिङ साझेदारी गरेका थिए। खेलका हिरो बनेका अभिषेकले ४० बलमा शतक प्रहार गरेका थिए। ५५ बलमा उनले १४१ रन बनाए। उनकै तुफानी ब्याटीङको मद्दतमा हैदरावाद ९ बल बाँकी रहदै विजयी भयो।
प्रतियोगिताको छैंटौं खेलमा हैदरावादको यो दोस्रो जित हो। प्रतियोगिताको पहिलो खेल जितेको हैदरावाद त्यसपछिका लगातार चार खेलमा पराजित भएको थियो। यो जितसँगै हैदरावाद अंकतालिकाकाको अन्तिमस्थानबाट आठौं स्थानमा उक्लिएको छ भने पञ्जाब ५ मध्ये तीन खेल जितेर छैंटौं स्थानमा छ।