
बबरमहलमा शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलचालक सर्लाहीका २७ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेलका अनुसार दुर्घटना बिहान ३ बजेर २० मिनेटको समयमा भएको हो। जिल्ला अदालतअघिको ट्राफिक लाइटमा स्कुटर रोकिएकोमा वानेश्वरबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्कर दिएर मोटरसाइकल पेटीतर्फ पल्टिएको हो।
उपचारको क्रममा ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो।