१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुको  सीमानाकामा तालिमप्राप्त कुकुरद्वारा सरप्राइज चेकिङ 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

कपिलवस्तुको कृष्णनगरमा पहिलोपटक तालिम प्राप्त कुकर लगाएर चेकजाँच गरिएको छ। भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर सरप्राइज चेकिङ अभियान सुरु गरिएको बताएको छ। कृष्णनगर नाका हुँदै लागुऔषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तर्देशीय आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि प्रहरीले  अभियानको रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताएका छन्। 

इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्कजस्ता आवत–जावत हुने स्थानहरूमा कुकुरको प्रयोग गरी चेकिङ गरेको बताएको छ। भैरहवा विमानस्थलको डग शाखाबाट ल्याइएको विशेष तालिम प्राप्त दुईवटा कुकुरको प्रयोग गरिएको र लागुऔषध, विस्फोटक पदार्थ एक्सपर्ट मानिएका ज्यानी एक्सप्लोसिभ र जुजु नारकोटिक्स नामक तालिम प्राप्त कुकुरको प्रयोग गरिएको जसले यात्रु तथा सवारीसाधनहरू सूक्ष्म रूपमा जाँच गरेको बताएको छ। 

सीमानाका कृष्णनगरबाट ब्राउन सुगर नेपाल ल्याउने र चरेस भारत लैजाने कार्य बढ्दो छ। यसले युवापुस्तालाई झन् जोखिममा पार्दै आएको छ। यो कदम सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध कारोबार र अवैध हतियारको प्रवेश रोक्न प्रभावकारी हुने अपेक्षा गरिएको छ। ‘सीमामा दिनहुँ सयौँ मानिसको आवत–जावत हुन्छ। हामीले अब यस्ता स्थानहरूमा सरप्राइज चेकिङलाई नियमित बनाउनेछौँ। एउटा क्षेत्रमा महिनामा न्यूनतम दुईपटक कुकुर परिचालन गरी चेक गरिने र आवश्यकताका आधारमा बढाउन पनि सकिने प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताएका छन्।