१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २९ शुक्रबार १९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमको सञ्चित नाफा चार अर्ब ८३ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १९:५o:oo

नेपाल आयल निगम लिमिटेड आर्थिक वर्ष ०८०/८१ मा चार अर्ब ८३ करोड सञ्चित नाफामा गएको छ। शुक्रबार सम्पन्न निगमको ४३औँ साधारणसभाले आर्थिक प्रतिवेदन पास गर्दै सञ्चित नाफालाई समेत स्वीकृत गरेको हो।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार उक्त आवमा तीन खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो भने तीन खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको बिक्री भएको थियो। ‘गत आव ०८०/८१ मा निगमले नौ अर्ब ५५ करोड रुपैयाँ मुनाफा गरेको थियो,’ प्रवक्ता ठाकुरले भने। साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ।

चुक्तापुँजी ११ अर्ब रुपैयाँ रहेको निगमले लाभांशबापत एक अर्ब १० करोड रुपैयाँ वितरण गर्ने नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए। गत आवमा निगमले एक खर्ब १२ अर्ब रुपैयाँ कर बुझाएको थियो।