१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रासस धनुषा
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा राजतन्त्रको सम्भावना छैन : कांग्रेस प्रवक्ता महत

Read Time : < 1 मिनेट
रासस, धनुषा
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका छन्।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्ट्याउने गतिविधि स्वीकार्य नरहने बताए। उनले संवैधानिक रूपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विनाआधारको हल्लामा नपर्न सबैमा आग्रह गरे।

नेता महतले ०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई–मधेशको जीवनरेखाका रूपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरू बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताए।

वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उनको भनाइ छ।