
इन्डियन प्रिमियर लिग(आइपिएल)को यो वर्षको सिजनमा दिल्ली क्यापिटल्सले सनसरीपूर्ण प्रदर्शन जारी राखेको छ। चार खेलमा उसले चारै वटा जित निकालेको छ।
बिहीबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंलोरलाई ६ विकेटले पराजित गयो।
सुरुमा ब्याटीङ गरेको बैंगलोरले १६३ रन बनाएको थियो।
जवाफी ब्याटीङमा दिल्लीले खराब सुरुवात गर्दे ३० रनमा तीन विकेट गुमाएको थियो । केएल राहुलले ५३ बलमा ९३ रनको अविजित इनिङको मद्दतले दिल्लीले सहजै जित निकालेको हो। १७.५ ओभरमै दिल्ली विजयी भएको हो। राहुल र त्रिस्तान स्टब्सले ५५ बलमा ११ रनको साझेदारी गर्दै टिमलाई विजयी गराएका हुन्।
दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। ५ खेल खेलर चार जित निकालेको गुजरात अंकतालिकाको पहिलो स्थानमा छ।