Skip This
दुर्गा प्रसाईं भारतमा भेटिए 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१२:oo
Read Time : < 1 मिनेट
समाचार

दुर्गा प्रसाईं भारतमा भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१२:oo

राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतमा समातिएका छन्। नेपाल प्रहरीले उनलाई भारतको आसाम राज्यमा लुकेको अवस्थामा फेला पारेको हो। भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी उनलाई नेपाल ल्याउने प्रयास भइरहेको एक उच्च प्रहरी अधिकारीले बताए। 

‘पक्राउ परेको नभनौँ, उनी ट्र्याक भएका छन्, भारतीय अधिकारीसँग समन्वय गरी नेपाल ल्याउने प्रयास भइरहेको छ,’ ती प्रहरी अधिकारीले बताए। साईका सहयोगीले भने उनले आत्मसमर्पण गरेको दाबी गरेका छन्। 

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजवादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको प्रहरीको निष्कर्ष छ। सोही दिन बेलुकादेखि उनी फरार भएका थिए। 
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।