१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा चट्याङले अस्थायी टहरा जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

जाजरकोटको नलगाड नगरपालिका–३, बानियाधारामा चट्याङले एक अस्थायी टहराे जलेर नष्ट भएको छ। स्थानीय ४५ वर्षीय भीमबहादुर पुनको अस्थायी टहराे बुधबार राति करिब १ बजे चट्याङ लागेर पूर्ण रूपमा जलेको हो।

इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दको नेतृत्वमा तीनजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनास्थल इप्रका दल्लीबाट झन्डै दुई घण्टाको पैदल दूरीमा पर्छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरुषोत्तमप्रसाद पाण्डेले भने, 'प्राकृतिक विपद्‌को खबर पाउनेबित्तिकै प्रहरी घटनास्थल गएको थियो। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ। प्रहरीले स्थानीय तहसँग समन्वय गरी राहतका लागि पहल थालेको छ।'

यस्तै, मंगलबार राति कुशे गाउँपालिका–२, टालेगाउँमा चट्याङले बाख्राको गोठमा क्षति पुर्‍याउँदा चारवटा बाख्रा मरेका छन्।