१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
सौरभ यादव राजविराज
२o८१ चैत २८ बिहीबार १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा नेपालको अधिवेशनमा कुटाकुट, गाउँपालिका अध्यक्षको निर्देशनमा कुटिए कार्यकर्ता (भिडियोसहित)

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १५:३८:oo

सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवको निर्देशनमा समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरिएको छ।‌ 

जसपा नेपालको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट कार्यक्रममा बिहीबार बिहान विवाद हुँदा अध्यक्षको निर्देशनमा कुटपिट गरिएको समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनीष यादवले जानकारी दिए। 

जसपा नेपाल सप्तरीका जिल्ला उपाध्यक्षसमेत रहेका उमेशको निर्देशनमा उनको भाइ मोधकर यादव र उनका  सम्बन्धीहरूद्वारा  युवा संघ अध्यक्ष केदार यादव र  युवा संघ  विष्णुपुर गाउँपालिका समिति अध्यक्ष देवेन्द्र यादवमाथि कुटपिट गरेको मनीषले बताए। 

उनीहरूमाथि घरेलु हतियार, हेलमेट, फलामको फाइटर, ब्लेड प्रयोग गरी कुटपिट गरिएको छ । उनीहरू उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा भर्ना भएका छन्। 

यता गाउँपालिका अध्यक्ष उमेश यादवले आफूले कुनै निर्देशन नदिएको बताए । ‘यो सरासर गलत कुरा हो। मलाई बदनाम गराउन याे कार्य भइरहेकाे छ, मैले कुनै निर्देशन दिएको छैन,’ उनले भने ।