१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २८ बिहीबार १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १५:२४:oo

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा प्रधानमन्त्री केपी ओलीले स्वीकृत गरेका छन्। राजीनामा दिएको दुई सातापछि बिहीबार स्वीकृत भएको हो। 

प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेर उनले राजीनामा दिएका हुन्।  प्रधानमन्त्रीले काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर उनको सचिवालयलाई राजीनामा पत्र बुझाएका थिए । 

१० फागुन ०८० मा चार वर्षका लागि मेरिटअनुसार नै नियुक्त भएका बराल १३ महिनामै राजीनामा दिन बाध्य भएका थिए । उनी त्रिवि आएको छोटो समयमै केही सुधारहरू देखिएका थिए । त्रिविलाई दलीय भागबन्डाबाट मुक्त गराउँदै डिन नियुक्तिमा मेरिट शैली अपनाएका थिए । उनी उपकुलपति बनेपछि त्रिविको शैक्षिक क्यालेन्डर पनि बन्यो । परीक्षा तालिका र नतिजा ट्र्याकमा ल्याए । त्रिविको जग्गासम्बन्धी प्रतिवेदन पनि उनकै पालामा सार्वजनिक भयो ।