१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ। रामपुर नगरपालिका– ६ स्थित तालपोखरामा यतिवेला घुम्न जाने आन्तरिक पर्यटक आउने–जाने क्रम बाक्लिँदै गएको छ । तालपोखरामा डुंगा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन्। रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले तालपोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो।

बिदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको तालपोखरा संरक्षण समिति सदस्य जनक भण्डारी बताउँछन्। सडक सुविधाको पहुँच भएपछि तालपोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ। तालमा पाँचवटा डुंगा रहेको डुंगाचालक भगवान देवकोटाले जानकारी दिए ।

तालपरिसरको आरामस्थल चिटिक्क पारिएको छ। हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ। वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ। नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तव्यस्थलको रूपमा सूचीकृत गरी पर्यटन विकासमा सघाएको छ।