१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताराखोला ३ का वडाध्यक्ष भण्डारी मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२४:oo

बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्।

बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाहिर रहेको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। प्रहरी घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि पठाएको छ। 

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा चारजना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमान्डमा सातजनाको टोली घटनास्थल पुगेको सूचना अधिकारी यादवले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित  भएका थिए।