१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बार अध्यक्षमा मिश्रको जित सुनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

नेपाल बार एसोसिएसनको २७औँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रको जित सुनिश्चित देखिएको छ। शनिबार सम्पन्न मतदानपछि जारी गणनामा अध्यक्षका उम्मेदवार मिश्र दोब्बरभन्दा बढी मतले अगाडि छन्।

बुधबार अन्तिम समयमा मिश्रको मत चार हजार ८९२ छ भने उनका प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार २२९ मत प्राप्त गरेका मतगणनाको तथ्यांक अद्यावधिक गरिरहेका अधिवक्ता जनक साउदले जानकारी दिए। 

ललितपुर जिल्ला बारको ५६० मत गन्न बाँकी रहँदा २६ सयभन्दा धेरैले अग्रता बनाएका मिश्रको जित सुनिश्चित देखिएको हो। मिश्र डिएलए र पिपिएलएका तर्फबाट उम्मेदवार हुन् भने श्रेष्ठ विपक्षी गठबन्धनका उम्मेदवार हुन्।

यसैगरी, महासचिव पदमा पनि सत्तागठबन्धननिकट केदारप्रसाद कोइराला दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृत ताराबहादुर सिटौलाका अनुसार कोइरालाले ४ हजार ७०४ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले २ हजार २९ मत पाएका छन्।

कोषाध्यक्ष पदमा पनि सत्तागठबन्धननिकट कानुन व्यवसायीकै अग्रता छ। जगतबहादुर कार्कीले ४ हजार ९४० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी दीपक राईले केवल १ हजार ५८१ मत प्राप्त गरेका अधिवक्ता साउदले जानकारी दिए।

‘अब ललितपुर जिल्ला बारको ५६० मत गन्न बाँकी छ। त्यो भोलि सुरु भएर अन्तिम नजिता पनि भोलि नै आउँछ,’ उनले भने।