१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चमा आठ वर्षभन्दा पुराना ३५ मुद्दा बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

सर्वोच्च अदालतमा अब फर्स्योट हुन बाँकी आठ वर्षभन्दा पुराना मुद्दा ३५ वटा छन्। अभिलेखअनुसार बुधबार कार्यालय समयको अन्तिममा पाँच वर्ष नाघेका कुल मुद्दा २ हजार ९५ छन्।

सबैभन्दा पुरानो मुद्दा अग्निप्रसाद सापकोटाविरुद्धको रहेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। तत्कालीन सूचना तथा सञ्चारमन्त्री सापकोटामाथि हत्या अभियोगमा अनुसन्धान र अभियोजन हुनुपर्ने र त्यसैअनुसार आदेश भए पनि पालना नभएको भन्दै अदालतको अवहेलना निवेदन दर्ता भएको थियो।

सर्वोच्चको अभिलेखअनुसार ०६८ असारमा उक्त निवेदन दर्ता भएको थियो। यससँगै अन्य दुई रिट पनि लगाउमा छन्। पूर्णीमाया लामाले दायर गरेको र सुशील प्याकुरेलसमेतले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ।

हाल यी मुद्दा संवैधानिक इजलासमा हेर्दाहेर्दैमा छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले यस मुद्दामाथि गत २८ फागुनमा सुनुवाइ सुरु गरी बुधबारको पेसी दिएको थियो। तर, प्रधानन्यायाधीश बिदामा रहेकाले स्थगितको सूचीमा परेको हो।

बुधबारपछि सर्वोच्चमा कुल २५ हजार ३२१ वटा मुद्दाको लगत छ। गत महिनामा २५ हजार ३२६ थियो। सर्वोच्चका प्रवक्ता कुइँकेलले भने, ‘यो आर्थिक वर्ष सुरु हुँदा हामीसँग ३१९ वटा आठ वर्ष नाघेका मुद्दा रहेकोमा आजको मितिसम्म ३५ थान छन्। यसै आर्थिक वर्षभित्र यसलाई शून्यमा झार्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ।’ कार्यविधिगत समस्याका कारण मुद्दा फर्स्योटमा ढिलाइ हुने गरेको उनले बताए।