१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकका मागमा जिम्मेवार बन्न सरकारसँग बुद्धिजीवी संगठनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको सडक प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति नेपाल बुद्धिजीवी संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। बुधबार संगठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले ऐक्यबद्धता वक्तव्य जारी गर्दै शिक्षकका मागमा गम्भीर र जिम्मेवार बन्न सरकारसँग आग्रह गरेका छन्। 

वक्तव्यमार्फत उनले भनेका छन्, ‘नेपाल शिक्षक महासंघ र सरकारबिच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेसाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादित प्रदर्शन, लामो समय सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवं समग्र शैक्षिक वातावरणमा पर्ने असरसमेतलाई महसुस गरी शिक्षकहरूका मागमा ऐक्यबद्धता प्रकट गर्दै गम्भीर र जिम्मेवार बन्न सरकारसँग हाम्रो अनुरोध छ।’

आफ्नो आवश्यकतामा सरकारले अध्यादेशलाई सहज माध्यम बनाइरहेको सन्दर्भमा संसदमा रहेको विद्यालय शिक्षा विधेयकलाई अकर्मन्य बनाउनुले सरकारको नियतप्रति प्रश्न उठेको  वक्तव्यमा भनिएकाे छ। अहिलेको अवस्थालाई अरू जटिलतातर्फ जान नदिन शिक्षकको थप धैर्यता तथा सरकारको अविलम्ब पहलकदमीका लागि आग्रह  गरेका छन् ।