१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
६ वर्षदेखि अलपत्र रहेको निर्माणाधीन कमला पुल । 
Invalid date format o७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ वर्षअघि ओलीले गरेको प्रतिबद्धता पूरा नभएपछि कमला पुलमा कालोझन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

सिराहा नगरपालिका– ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउन पूर्व–पश्चिम हुलाकी सडकखण्डको कमला पुलमा कालोझन्डा प्रदर्शन गरेका छन् । अलपत्र अवस्थामा रहेको उक्त पुल छिटो पुनर्निर्माण गर्न माग गर्दै उनीहरूले कालोझन्डा प्रदर्शन गरेका हुन् । 

सिराहा– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले मंगलबार दिउँसो कालोझन्डा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीले ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माण छिटो सिध्याउन कालोझन्डा प्रदर्शन गरेका हुन् । ‘हेलिकोप्टर चढेर सिराहा आएका प्रधानमन्त्री ओलीले कालोझन्डा त देखेनन्, तर उनका पार्टीका नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुन जाने भएकाले सांकेतिक विरोधस्वरूप दबाबका लागि कालोझन्डा देखाइएको हो,’ सिराहा– ६ वडाध्यक्ष इन्द्रजित यादवले भने ।

ओली मंगलबार दिउँसो एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्न सिराहा आएका थिए । सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुल निर्माण सम्पन्न हुने दाबी गरेका थिए ।

करिब ६ वर्ष बित्नै लाग्दासमेत कमलाको पुल पुनर्निर्माण सम्पन्न भएको छैन । पुल निर्माण सुस्त हुँदा धनुषा र सिराहासहित हुलाकी सडक हुँदै ओहोरदोहोर गर्नेहरू हिउँदमा बाँसको अस्थायी पुल र बर्खामा डुंगामा वारपार गर्न बाध्य छन् ।

सिराहा नगरपालिका– ६ बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने पुलको दक्षिणतर्फ बाँसमा मोटो प्लाई राखेर सञ्चालन गरिएको छ । पुलबाट वारपार गर्न मोटरसाइकललाई २० रुपैयाँ तथा पैदालत्रात्री, साइकल निःशुल्क गरिएको छ ।