१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक

विश्वज्योति काव्य सम्मान शेरचनलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

कवि हेमन्त शिशिरको कवितासंग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ। ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्वज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त संग्रह आज सार्वजनिक गरिएको हो।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल तथा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन्। सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य रु. ३०० रहेको छ।

कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन्।

यसैगरी ‘एपेक नेपाल’द्वारा यसै वर्षदेखि अर्पण गर्ने गरी स्थापना भएको ‘विश्वज्योति काव्यसमान’ पहिलोपटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गरिने भएको छ। विसं २०१२ मा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित छन्।

विश्वज्योति काव्य समानमा सम्मानपत्रसहित नगद रु. ५१ हजार रुपैयाँ रहेको छ। 

कार्यक्रममा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, विधान आचार्य, बाबु त्रिपाठी, उषा शेरचन, लक्ष्मी माली र प्रज्वल अधिकारीका कवितालाई एम आर्टका कलाकारको प्रस्तुति गरेका थिए। जसको निर्देशन वीरेन्द्र हमालले गरेका थिए।