
लगातार ओरालोतिर लागिरहेको सेयर बजारमा गएको साता देखिएको सुधार निरन्तर हुन सकेन। यो साता पहिलो र दोस्रो कारोबारमा नै बजार ओरालोतिर लागेको छ।
गएको साता समग्रमा ४०.०८ अंकले बढेको बजार यो साताको पहिलो कारोबारमा सोमबार ३३.३३ अंकले घटेको थियो। मंगलबार पनि ३.४४ अंकले घटेर बजार २६६६.६१ विन्दुमा झरेको छ। पाँचअर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको बजारमा १२१ कम्पनीको सेयर मूल्य बढेको छ। १२३ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको साता आइतबार २९.८२ अंकले बढेको बजार सोमबार बन्द रहेको थियो भने मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा झरेको थियो। बुधबारको कारोबारमा २३.८६ अंकले बढेको बजार बिहीबार ३.३५ अंकले बढेको थियो।