१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटा नगरपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

धनकुटा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर चिन्तन तामाङले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरे । उनले आगामी वर्ष पनि पूर्णखोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा  हस्ताक्षर पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर तामाङले पूर्णखोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि सबै बालबालिकालाई समयमै खोप लगाउने वातावरण निर्माण गर्न आग्रह गरे । सो अवसरमा धनकुटा– ४ का वडाध्यक्ष जम्सेर राई, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईलगायतले बालबालिकालाई समयमै खोप लगाउने बानीको विकास गर्न अभिभावकलाई आग्रह गरेका छन् ।

सरकारले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई क्षयरोग, दादुरा, धनुष्टंकार, लहरेखोकीलगायत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस वर्ष धनकुटा नगर क्षेत्रका १६ देखि २३ महिनाभित्रका ३५६ जना बालबालिकालाई यी खोप लगाइसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

धनकुटा नगरपालिकालाई पहिलोपटक २०७१ सालमा पूर्णखोप पालिका घोषणा गरिएको थियो । त्यसयता, हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिँदै आएको छ ।