
राप्रपाले काठमाडौंको बल्खुमा बागमती प्रदेशस्तरीय विरोध सभा गरिरहेको छ। कलंकी र कोटेश्वरदेखि नाराजुलुसहित राप्रपा कार्यकर्ता बल्खु पुगेका छन्।
सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार राप्रपाले आज विरोध सभा आयोजना गरेको हो। सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणालगायतका नेताहरू सहभागी छन्।
हेर्नुस् तस्बिरहरू :