१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ महिनापछि राइनलाई लोसपा मधेश संसदीय दलकाे जिम्मेवारी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

लामो समयदेखि रिक्त रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राइन चयन भएका छन् । करिब १५ महिनादेखि रिक्त रहेको पदमा लोसपाको केन्द्रीय कार्यालयले सोमबार दलको नेतामा राइनलाई चयन गरेको हो ।

प्रदेश सभा सदस्य तथा दलका नेता अभिराम शर्मा थमन विकको हत्यामा दोषी ठहर भएपछि लोसपा संसदीय दलको नेताको पद खाली भएको थियो । शर्मालाई अदालतले दोषी ठहर गरेपछि मधेश प्रदेश सभाले उनलाई निलम्बन गरेको थियो ।

लामो रस्साकस्सीपछि केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले औपचारिक रूपमा पत्र लेखेर सांसद राइनलाई जिम्मेवारी दिएका हुन् । नेता राइनले आफूलाई पार्टी अध्यक्षले जिम्मेवारी दिएको बताए । उनले भने, ‘करिब १५ महिनादेखि यो पद खाली थियो, पार्टी अध्यक्षज्यूले मलाई जिम्मेवारी दिनुभएको छ । त्यहीअनुसार मैले सभामुखको कार्यालयलाई जानकारी गराएको छु ।’ अर्को व्यवस्था नहुँदासम्म राइनलाई संसदीय दलको नेता मनोनयन गरिएको हाे ।