१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्षपछि इलाका प्रशासन कार्यालय कटारीको आफ्नै भवनबाट सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

स्थापना भएको १२ वर्षपछि इलाका प्रशासन कार्यालय कटारी उदयपुरले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । स्थापनाकालदेखि भाडामा लिएको कार्यालयबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय कटारीले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको हो । 

इलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राईले संघीय सरकारको गृह मन्त्रालयअन्तर्गत पाँच करोड ६३ लाख २० हजार ९८१ रुपैयाँ ७६ पैसाको लागतमा निर्माण सम्पन्न भएको सो भवनबाट सेवा दिन सुरु गरिएको जानकारी दिइन् ।

मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि बानेश्वर काठमाडौंले उक्त भवन निर्माण गरेको हो । प्रमुख राईले भनिन्, ‘उद्घाटन यही आउने वैशाख महिनामा गर्ने गरी मन्त्रालयमा कुरा गरिरहेकी छु, उद्घाटनभन्दा अगाडि नै भवनमा सेवाग्राहीका लागि सेवा दिन सुरु गरेका छौँ ।’

उदयपुर जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्र कटारी बजारमा अवस्थित उक्त कार्यालयबाट जिल्लाको पश्चिमी भेगका सेवाग्राहीलाई प्रशासनिक सेवा दिइँदै आइएको थियो । 

हाल इलाका प्रशासन कार्यालयले कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सेवाग्राहीलाई सेवा प्रदान गर्दै  आएको छ । राहदानी, जिल्ला प्रशासनमा दर्ता हुने विभिन्न संघसंस्थाको नवीकरण, नागरिकता वितरण, सिफारिसलगायतका सेवा दिँदै आएको प्रमुख राईको भनाइ छ ।