मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार २o:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होलीमा उदयपुरमा ३९ वटा सवारीसाधन नियन्त्रणमा, दुईवटा सवारी दुर्घटना हुँदा पाँच घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार २o:५७:oo

उदयपुरमा होली पर्वमा मादक पदार्थ तथा लागुऔषध सेवन गरी झैझगडा र उच्छृंखल गतिविधि गर्ने १२ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने एवं मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

यसैगरी त्रियुगा नगरपालिका– ११ मेनचोकमा र वडा नम्बर १३ भातिखर्कमा सवारी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । गाईघाटको मेन चोकबाट मोतीगडातर्फ जाँदै गरेको प्र १–०२–००३ह ५०४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक त्रियुगा नगरपालिका– १० का वर्ष ३० का गणेश पौडेल र सोही अटोमा त्रियुगा नगरपालिका– ११ का वर्ष ४३ का कुमार राउत घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपश्चात् डिस्चार्ज भएको डिएसपी दोङले जानकारी दिए । 

त्रियुगा नगरपालिका– १३ स्थित भातिखर्कमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको बा. ८८प ६३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा  सोही मोटरसाइकलमा सवार वर्ष २० की पूजाचन चौधरी, वर्ष २५ का अनिल चौधरी र २२ वर्षका आर्बिन चौधरी घाइते भएका छन् । उनीहरू त्रियुगा नगरपालिका– १३ का स्थानीय हुन् । 

तीनजना घाइतेको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको दोङले जानकारी दिए ।