मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा १३७ मोटरसाइकल नियन्त्रणमा, उच्छृंखल गतिविधि आरोपमा २० जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १९:५७:oo

बाँकेमा ट्राफिक नियम उल्लंघन गर्ने १३७ वटा मोटरसाइकल र उच्छृंखल गतिविधि गर्ने २० जनालाई नियन्त्रणमा लिइएको छ।

हाेलीमा मापसे गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा चलाउने र दुईजनाभन्दा बढी बसाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्पराज पन्तले जानकारी दिए।

होलीको अवसरमा उच्छृंखल गतिविधि गर्ने २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए। 

यीबाहेका जिल्लामा शान्तिपूर्ण रूपमा होली मनाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सौहार्द वातावरणमा होली पर्व सम्पन्न भएको बताए। ‘होली र रमजानको जुमा एकैदिन परेकाले सुरक्षा चुनौती थियो। बाँकेवासीको सहयोग र सुरक्षाकर्मीको अथक मिहिनेत तथा कार्यकुशलताले बाँकेमा होली र जुमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सफल भएका छौँ,’ प्रजिअ जोशीले भने।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले पनि शान्ति र सौहार्दपूर्ण वातावरणमा होली तथा जुमा सम्पन्न भएको बताए।