
इनारमा खसेका व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। शुक्रबार बिहान सवा नौ बजे काठमाडौं महानगरपालिका– १० शंखमूलबाट प्रहरीले सतिश शाहको उद्धार गरेको हो ।
विद्यापति मार्गस्थित उत्तम अर्यालको घरमा रेलिङ सफा गर्ने क्रममा इनारको ढकनी फुटेर कैलालीको धनगढी उपमहानरपालिका– ८ घर भएका ४३ वर्षीय साह इनारमा खसेका थिए। प्रहरी वृत्त बानेश्वरका डिएसपी वीरेन्द्र गोदारसहित १२ प्रहरी खटिएर उनको उद्धार गरेको हो । उनलाई सिभिल अस्पताल भर्ना गरिएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ। साह बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।