
हुम्लाबाट चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ ।
नाम्खा गाउँपालिका– ६ यारीबाट ताक्लाकोट जान हिडेका ६ जना हुम्लाका नागरिक शनिबार सांझ हिल्सा स्थित नारालेकको हिउँमा फसेका थिए। उनीहरु हिउँमा फसेको खवर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनिहरुको उद्दार गरेको हो । बिओपीबाट करिब १० किलोमिटर पुर्ब दक्षिण तर्फ रहेको स्थान बाट राती ८ बजे उद्दार गरि उनिहरुलाइ हिल्सा तर्फ ल्याइएको सशस्त्र प्रहरीका शैलेन्द्र थापाले जानकारी दिए।