मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेस सेन्टर गुल्मीमा पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १o:५५:oo

प्रेस सेन्टर नेपाल, जिल्ला समिति गुल्मीमा हुमाकान्त पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ। सदरमुकाम तम्घासमा सम्पन्न सेन्टरको जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा वासुदेव पोखरेल र खुमानन्द फुल्देल, सचिवमा अमृता विश्वकर्मा, सहसचिवमा प्रियंंका पन्थी र पुष्कर वली एवं कोषाध्यक्षमा मन्दिरा विश्वकर्मालगायत अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।

अध्यक्ष पोखरेल यसअघि सचिव रहेका थिए । अधिवेशनले महेश बोहराको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यमा पुष्कर खड्का र माधव ज्ञवाली रहेका छन् ।