१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
फाइल तस्बिर
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशव्यापी छलफलपछि मात्रै अभियानले पार्टीको रूप लिन्छ : रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले देशव्यापी छलफल गरेपछि मातृभूमि जागरण अभियानलाई पार्टीको स्वरूप दिने बताएका छन्। धनगढी विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले नै पार्टी घोषणाको चरणमा पुगिनसकेको बताए।

‘देशव्यापी रूपमा छलफल भइसकेपछि मात्रै मातृभूमि जागरण अभियान राजनीतिक दलको स्वरूपमा जाने हाम्रो धारणा हो,’ उनले भने, ‘अहिले नै पार्टी घोषणाको चरणमा हामी पुगिसकेका होइनौँ।’

एमालेबाट निष्कासन गरेपछि रावल पहिलोपटक गृहप्रदेश आएका हुन्। रावलले मातृभूमि जागरण अभियानअन्तर्गत देशव्यापी छलफलपछि मात्रै राजनीतिक दलबारे टुंगो लाग्ने बताए।

उनले देशको हित चाहने सबै राजनीतिक दल, संगठन र व्यक्तिसँग सहकार्य गरेर जान आफू तयार रहेको बताए। विमानस्थलमा उनलाई स्वागत गर्न समर्थकसँगै एमाले र एकीकृत समाजवादीका स्थानीय नेता–कार्यकर्ता पुगेका थिए।

एमाले नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदी, एकीकृत समाजवादी कैलालीका नेता हिक्मत कुँवर, बाबुराजा श्रेष्ठलगायतले रावललाई स्वागत गरेका थिए।

सो क्रममा प्रधानमन्त्री केपी ओलीविरुद्व नाराबजी भएको थियो। रावल गृहजिल्ला अछाम जाने क्रममा उनलाई अत्तरियामा समेत समर्थकले स्वागत गरेका थिए। अत्तरियामा आयोजित कोणसभालाई सम्बोधन गर्दै रावलले मातृभूमि जागरण अभियानलाई सफल बनाउन समर्थकलाई आग्रह गरे।