मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका विराटनगर
२o८१ माघ ३ बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
प्रदेश

संसदीय पत्रकार मञ्च कोशीको 'हाते किताब' सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १८:३९:oo

संसदीय पत्रकार मञ्च कोशी प्रदेशले प्रकाशन गरेको हाते किताब सार्वजनिक भएको छ। संसदीय पत्रकारिताका लागि आवश्यक आधारभूत विषयलाई समेटेर मञ्चले प्रकाशन गरेको हाते किताब बिहीबार विमोचन भएको हो।  

कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्ट, आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी, उपसभामुख सिर्जना दनुवार, विषयत समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरूले हाते पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्। 

संसदीय पत्रकारिता के हो ? कसरी गर्ने ? भन्नेबारे पत्रकारहरूका लागि मात्र नभई सबैका लागि आधारभूत ज्ञान समेटिएको उक्त हाते किताबमा संसदीय पत्रकारिताको परिचय, नेपालमा संसदीय पत्रकार, प्रदेश सभा, कानुन निर्माणका चरण र प्रक्रियाहरू संसदीय रिपोर्टिङ र सम्भावित क्षेत्रहरूदेखि संसदीय मर्यादा र आचारण संसदीय शब्दावलीलगायतका विषय समेटिएका छन्। 

हाते किताब प्रकाशन गरेर संसदीय मर्यादालाई उच्च सहयोग पुर्‍याएको भन्दै मन्त्री रेवतीरमण भण्डारी, उपसभामुख सिर्जना दनुवारलगायतले मञ्चलाई धन्यवाद दिए। प्रदेश सभाको पहिलो कार्यकालमा तत्काल संसदीय पत्रकार मञ्च प्रदेश नं १ ले सबै संस्थापक सांसदहरूको अनुभव समेटेर पहिलो पाइला नामक पुस्तक प्रकाशन गरेको थियो। 

संसदीय पत्रकार मञ्च कोशी प्रदेशले संसदीय पत्रकारिताबारे पत्रकारहरूलाई तालिम र अभिमुखीकरण गराउने, सांसदहरू र विषयत समितिहरूसँग अन्तर्क्रिया गर्नेदेखि दर्ता भएका विधेयकहरू नागरिक समाज, विज्ञ र सरोकारवालाहरूसँग छलफल गराएर प्रभावकारी कानुन निर्माणका लागि सहयोग पनि गर्दै आएको छ।