मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार

चेक बाउन्स मुद्दामा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य छुटे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १७:४७:oo

चेक बाउन्सको मुद्दामा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य किशोरबिक्रम मल्ल मिलापत्र गरेर छुटेका छन्। गत सोमबार पक्राउ परेका उनी बुधबार छुटेका हुन्। 

गुल्मीमा पदम पहराईले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। आफूलाई २० लाख रुपैयाँ ठगी गरेको उनको जाहेरी थियो। मल्लले घर बनाउन भनेर पैसा लिएको, तर फिर्ता नदिएको उनको जाहेरी थियो। चेक दिए पनि बाउन्स भएपछि उनी प्रहरीमा पुगेका हुन्। प्रहरीले सुरुमा दुवै पक्षलाई छलफलबाट मिलापत्र गराउने प्रयास गरे पनि मल्ल पैसा तिर्न तयार नभएपछि जाहेरी दर्ता गरेर कारबाही अघि बढेको थियो। पक्राउ परेपछि उनले पैसा फिर्ता गरेका हुन्। 

सरकारी वकिल कार्यालयमा मिलापत्र गरेर मल्ल मंगलबार छुटेको महाराजगन्ज वृत्तका डिएसपी रवीन्द्र पौडेलले बताए।

मल्ल अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन्।