मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार २o:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद

विजेता खेलाडीलाई पुरस्कार नदिने आयोजक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार २o:४७:oo

प्रतियोगिता सम्पन्न भएको १० महिनासम्म विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा कास्की प्रहरीले आयोजक संस्थाका दुईजनालाई पक्राउ गरेको छ । पोखरा राइडर्स क्लबको आयोजनामा २३ र २४ चैत ०८० मा पोखरा महानगरपालिका–२३ बाम्दीमा सञ्चालन भएको पोखरा मोटो–इन्डुरो क्रस च्याम्पियनसिप–०२४ का विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा प्रतियोगिता सञ्चालक तथा निर्देशक अछाम सिउडी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने ३१ वर्षका जगत डोली र पोखरा राइडर्स क्लबका अध्यक्ष पोखरा–५ प्रस्याङ बस्ने २९ वर्षका सोनिक क्षेत्री छन् ।
प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीबाट दर्ता शुल्कबापत १७ हजार लिई प्रथम हुने खेलाडीलाई दिने घोषणा गरेको एक लाख ५० हजार नदिई सम्पर्कविहीन भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको शर्माले जानकारी दिए । 

घोषणा गरेको पुरस्कार नदिई सम्पर्कविहीन भएपछि उनीहरूविरुद्ध जाहेरी परेपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा–६ लेकसाइडबाट पक्राउ गरेको हो । उनीहरूलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।