मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Thursday, 05 December, 2024
२o८१ मङ्सिर १९ बुधबार २२:३o:oo
Read Time : < 1 मिनेट
विश्व

दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार २२:३o:oo

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्ध संसदमा महाभियोग प्रस्ताव गरिएको छ । उनले अपराध अनुसन्धानबाट उन्मुक्ति पाउने उद्देश्यले ‘मार्सल ल’ घोषणा गरेर संविधानको उल्लङ्घन गरेको भन्दै विपक्षीले महाभियोग प्रस्ताव गरेका हुन् । 

विपक्षी दलहरूले बुधबार पेस गरेको प्रस्तावमा युनले ‘गम्भीर र व्यापक रूपमा संविधान र कानूनको उल्लङ्घन गरेको आरोप छ । प्रस्तावमा ‘मार्सल ल’ लगाउने उनको निर्णय ‘आफू र आफ्नो परिवारसँग सम्बन्धित अवैध कार्यहरूको आसन्न अनुसन्धानबाट उन्मुक्ति पाउने असंवैधानिक र गैरकानूनी उद्देश्यका साथ’ भएको पनि उल्लेख छ । 

युनले संसद् घेराबन्दी गर्न सैन्य र प्रहरी बल परिचालन गरेका थिए । केही संसद् सदस्यहरूलाई पक्राउ र संसद्मा स्वतन्त्र पहुँचलाई सीमित गरेका थिए । ‘यी कार्यले मार्सल ल हटाउन माग गर्न बैठकहरूमा उपस्थित हुन सांसदहरूलाई उल्लेखनीय रूपमा बाधा पुुर्यायो । यस्ता कदमहरू शक्ति पृथकीकरणको सिद्धान्तको सीधा उल्लङ्घन हो र यसले संसद् सदस्यहरूको विचार–विमर्श, मतदान र संसदीय अखण्डताको अधिकारमा असंवैधानिक हस्तक्षेप गर्छ,’ प्रस्तावमा भनिएको छ ।

संसद्ले यसलाई अस्वीकार गरेपछि र हजारौँ मानिसले प्रदर्शन गरेपछि बुधवार बिहान युनलाई आदेश खारेज गर्न बाध्य पारिएको थियो ।