मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Thursday, 05 December, 2024
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८१ मङ्सिर १९ बुधबार २२:o१:oo
Read Time : > 1 मिनेट
समाचार

‘बाढीपीडितको पुनर्स्थापना र पुननिर्माणमा प्रदेश र संघीय सरकारको ठोस् निर्णय आएन’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार २२:o१:oo

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको अन्तरपालिका बैठकले बाढीपीडितको पुनर्स्थापना र पुननिर्माणमा प्रदेश र संघीय सरकारको ठोस निर्णय नआएन निश्कर्ष निकालेका छन् । बुधबार नमोबुद्ध नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

१० देखि १३ असोजसम्म परेको अविरल बर्षापछि आएको बाढी र पहिरोबाट प्रभावितहरूको पुनर्स्थापना र पुननिर्माणको लागि बागमती प्रदेश र संघ सरकारले कुनै ठोस् नीति, योजना र कार्यक्रम नल्याएको उक्त बैठकको छ । बैठक नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा बसेको थियो । यस विषयमा संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण गर्ने संयुक्त निर्णय पनि बैठकले गरेको छ । निर्णयमा भनिएको छ, ‘बाढीपछि काभ्रेपलाञ्चोकका पालिकाहरूलाई संकटग्रस्त घोषणा गरे पनि संघ र प्रदेश सरकारले बाढीपिडितको पुनर्स्थापना र पुननिर्माणमा कुनै ठोस नीति, योजना र कार्यक्रम ल्याउन नसकेकोमा ध्यानाकार्षण गर्ने निर्णय गरको छौँ ।’

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीले क्षति पुर्याएको अन्तरपालिका सञ्चालित योजनाहरू पुननिर्माण र मर्मतका लागि संघ र प्रदेश सरकारसँग माग तथा पहल गर्ने निर्णय गरेको बताए । नमोबुद्ध, रोशी र तेमालका संयुक्त योजनाहरू संयुक्त पहल गरी निर्माण गर्न बैठकको आयोजना गरेको लामाको भनाइ छ । विपी राजमार्गसहित ६ वटा अन्तरपालिका सडकहरू, दुई वटा पक्की पुल, नौवटा झोलुंगे पुल र पाँचवटा खानेपानी आयोजनाहरू पुननिर्माण तथा मर्मतको लागि प्रदेश तथा संघ सरकारलाई संयुक्त पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा, नमोबुद्धका नगरउपप्रमुख रत्न लामा, रोशीका उपाध्याक्ष मिमबहादुर वाईबा, तेमालका उपाध्यक्ष दलमान थोकर, नमोबुद्ध, रोशी र तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रमशः शेषकान्त पौडेल, शिवप्रसाद भन्तना र योगेन्द्रराज गुरुङ, इन्जीनियरहरू उज्ज्वल अर्याल, भुपेन्द्र अधिकारी र डम्बर बटाला लगायतको उपस्थिति थिए ।