मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 04 December, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ मङ्सिर १९ बुधबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री–वितरणमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार १४:२४:oo

सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगर क्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो ।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुर नगर क्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री–वितरण नगर्–नगराउन आदेश जारी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी काटमार, माछा बिक्री–वितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न–नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २२ गते सम्पन्न हुनेछ ।

 गढीमाई मेलाका लागि मंसिर २३ गते बिदा

मधेश प्रदेश सरकारले गढीमाई मेला हर्षाेल्लासपूर्वक मनाउने भन्दै यही मंसिर २३ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंसिर २३ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।