मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 04 December, 2024
२o८१ मङ्सिर १९ बुधबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार १४:११:oo

प्रहरीले सुनसरीको धरानबाट मंगलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका– १३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 

गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउन्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए । धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा.१झ ५१२७ र बा.१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मंगलबार राति नियन्त्रणमा लिएको थियो । दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । 

धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा– ११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।