Skip This
यी हुन् नेपाल र चीनबिच बेइजिङमा भएका नाै समझदारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १८ मंगलबार
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १८ मंगलबार १२:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् नेपाल र चीनबिच बेइजिङमा भएका नाै समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १८ मंगलबार १२:३२:oo

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्ता भएकाे छ। मंगलबारकाे भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिपत्रमा प्राविधिक तथा आर्थिक सहायता, नेपालका उत्पादन निर्यात, केही परियोजना निर्माणलगायतका विषयहरू समावेश छन्।

यी हुन् समझदारीका नाै बुँदा : 
१. टोखा–छहरे सुरुङ निर्माणसम्बन्धी पत्र आदान–प्रदान
२. नेपाल–चीन व्यापार अभिवृद्धिबारे समझदारीपत्र
३. वसन्तपुर नाै तले दरबार निर्माण सम्पन्न भएको पत्र आदान–प्रदान
४. भैंसी–राँगाको प्रशोधित मासु निर्यातसम्बन्धी प्रोटोकल
५. विकास योजनासम्बन्धी समझदारीपत्र
६. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७. नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान
८. स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबिच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र