Skip This
प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलक हुनेछ : पोखरेल
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार १o:५o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलक हुनेछ : पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १o:५o:oo

चीनमा दोस्रो ग्लोबल साउथ थिंकट्यांक्स समारोह

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिरमा हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण थप ऐतिहासिक र उपलिब्धमूलक हुने विश्वास व्यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिंकट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । 

हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौँदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी बन्ने उनको भनाइ थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीनलगायत मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा पनि उनले व्यक्त गरे । मतभिन्नता र तनाव चरम विन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव समद्धिका लागि लाग्नुपर्नेमा पोखरेलले जोड दिए । 

समारोहमा विश्वका सयभन्दा बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरूको सहभागिता छ । ग्लोबल साउथ देशहरूका समस्यालाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वव्यापी अभियानलाई थप सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको हो । 

पोखरेलले विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरूको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यक रहेकोमा जोड दिए । सभ्यताको अनुभव आदानप्रदानले विश्वका सबै मुलुकहरूलाई आपसी समझदारी बढाउन, असमझदारी घटाउन र शान्ति तथा सुखमा ठुलो योगदान दिन सहयोग गर्ने उल्लेख गर्दै उनले सभ्यताहरूको आदानप्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण पनि गरे । प्रकृतिले धेरै स्रोतहरूको उपहार दिएको नेपालमा रहेका प्राकृतिक स्रोतहरूलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरूले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सहयोग गर्न उनले आग्रह गरे । 

समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री ल्यु च्याङचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, चिनियाँ कम्युनिस्ट पार्टी ज्याङ्सु कमिटीका सचिव तथा ज्याङ्सु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्युबाको निका लोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनीलगायत विभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिले पनि सम्बोधन गरेका थिए ।