पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात भएको छ। शुक्रबार ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइनमार्फत बंगलादेशमा निर्यात गरिएको हो।
सम्झौताअनुसार यस वर्ष (सन् २०२४) शुक्रबार मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ। गत असोजमा नेपाल, भारत र बंगलादेशबिच भएको विद्युत् निर्यातसम्बन्धी सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न पाइन्छ।
आज राति १२ बजेसम्म अर्थात् ११ घण्टा १५ मिनेट ४० मेगावाट विद्युत् निर्यात गरेपछि १५ जुन ०२५ देखि पुनः बंगलादेशमा विद्युत् निर्यात गरिनेछ।