Skip This
फिन इलेक्ट्रो टेक–२०२४ सुरु : उत्पादनको क्षेत्रमा जोड दिन निजी  क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार o९:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फिन इलेक्ट्रो टेक–२०२४ सुरु : उत्पादनको क्षेत्रमा जोड दिन निजी  क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o९:५७:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को उद्घाटन गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

‘नेपालको कुल गार्हस्थ्य उत्पादनमा उत्पादन क्षेत्रको हिस्सामा ह्रास आइरहेको छ, जुन ठिक होइन, यसलाई अभिवृद्धि गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो ।’ उनले नेपालमै उत्पादन गर्नुका साथै नेपाली उत्पादनको प्रयोगमै जोड दिनुपर्ने बताए ।

अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उनले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्था बनाउनुपर्ने बताए । नेपालमै बनेको सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने बताए । उनले सत्तामा भए पनि, नभए पनि अर्थतन्त्रका एजेन्डामा सबै पार्टी एक हुनुपर्ने बताए । महासंघको वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकालले आयात भएर आउने सामानको अन्तःशुल्क करलाई समय सापेक्षित बनाउनुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवालले नेपालबाट विद्युत् बिक्रीसँगै आन्तरिक विद्युत् खपत बढाउन आवश्यक रहेको बताए ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ११औँ संस्करणको ‘फिन इलेक्ट्रो टेक–२०२४’ बिहीबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको हो । उक्त अवसरमा महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युत्का सामग्री उपलब्ध हुने बताए ।