१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १४:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

 अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता : सर्वाेकृष्ट धावककाे उपाधी पाँचथरका राईलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १४:o५:oo

ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा सर्वाेकृष्ट धावकको उपाधी  पाँचथर जिल्लाका विशाल राईले चुमेका छन् । एक विदेशीसहित  ११ महिला र ४० पुरुष गरी  ५१ जना म्याराथुमा सहभागी भएका थिए। ५० जनालाई पछि पार्दै विशाल राईले उपाधि चुमेका हुन्। राईले ४.१६ मिनेटमा निर्धारित ४८ किलोमिटिर दुरी पार गर्दै सर्वाेकृष्ट धावकको उपाधी हात पारेका हुन् । 

सो म्याराथनमा पुरुषतर्फको प्रथम उपाधी बजाङका करन रावलले पाएका छन्।  करनले निर्धारित दुरी ४.१७ मिनेटमा पार गर्दै  पुरुष तर्फको प्रथम उपाधी हात पारेका हुन् । दोश्रो उपाधी भने ताप्लेजुङका रमेश लिम्बुले हात पारेका छन् । निर्धारित समय ४.२६ मिनेटमा पार गर्दै लिम्बुले दोश्रो हुन सफल भएका हुन् । 

सोलुखुम्बुका अर्जुन कुलुङ राई पुरुषतर्फको तेश्रो हुन सफल भए । उनले निर्धारित समय चार घण्टा ३१ मिनेटमा पार गर्दै तेश्रो भएका हुन् ।  अन्तराष्ट्रिय रेडपाण्डा संरक्षण दिवसको अवसर पारेर प्रतियोगिता सम्पन्न गरिएको हो । 

फुङलिङ बजारको तोक्मेडाँडाबाट सुरु भइ तीन हजार सात ९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजार फर्कने गरी कुल ४८ किलोमिटर दुरी निर्धारण गरिएको थियो ।

म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका बिजेता घोषित गरी नगद एक लाख रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाेत्कृष्ट धावकबाहेक पुरुष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः जनही ५०,३० र २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ ।