
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। भर्खरै सुरु भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराई उपस्थित छैनन्। उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन।
शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि शिक्षामन्त्रीले राजीनामा दिएको बुझिएको छ। आजको मन्त्रिपरिषद् बैठकमा शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले तयार गरेको सातबुँदे प्रस्ताव पेस गर्ने बताइएको थियो।